Incident Reports

रोल्पाको सुनिल स्मृति गाउँपालिकाको नेपाल टेलिकमको टावरमा र एनसेल टावरमा विस्फोट

2019-02-22

यसैगरी रोल्पाको सुनिल स्मृति गाउँपालिकाको रूइनिवाङमा रहेको नेपाल टेलिकमको टावरमा पनि यसरी नै क्षति पु¥याइएको छ सोही गाउँपालिकाको गजुलमा रहेको एनसेल टावरमा विस्फोट गराइएको छ। रोल्पा प्रहरी प्रमुख डिएसपी दीपक खड्काले बम विस्फोट गराइएको पुष्टि गरे। ‘पूर्वी रोल्पाको रूइनिवाङ बजार नजिक रहेको नेपाल टेलिकमको टावर र गजुलमा रहेको एनसेल टावरमा विस्फोट भएको हो।’ टेलिकमका टावरलाई एनसेलको ठानी विस्फोट गराइएको हुनसक्ने अनुमान प्रहरीको छ। विस्फोटबाट टावरमा रहेका ब्याट्री, तारलगायत सामग्रीमा क्षति पुगेको छ। रोल्पामा बम विस्फोट गराइए पनि अन्य जिल्लामा रहेका एनसेलका टावरमा मटीतेल छर्केर आगो लगाइएको प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी नरबहादुर खत्रीले बताए। राति करिब ११ बजेको समयमा रूपन्देहीको गैडहवा गाउँपालिका–३, सूर्यपुरामा रहेको एनसेल टावरमा आगो लगाइएको छ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Secondary Form Arson
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 2
National/Online Media

0 Comments