Incident Reports

आधार क्षेत्र भन्दै एमाओवादीद्धारा अन्धाधुन्द खुकुरी प्रहार l

2013-11-17

Adarsha KC शनिवार राति एकीकृत नेकपा माओवादी रूकुमका कार्यकर्ताहरुले स्थानीयमाथि अन्धाधुन्द खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारवाट एक जना युवा गम्भीर घाइते भएका छन्। रूकुमको बाँफीकोट ९ का २० वर्षीय डम्बर केसी घाइते भएका हुन्। झन्डै १ दर्जन संख्यामा आएका एमाओवादी कार्यकर्ताहरूको खुकुरी प्रहार, लाठी र मुक्काले प्रहार गरेको पीडितले वताए। शनिवार राति छिमेकीको घरमा विरामी भेट्न गएको अवस्थामा एमाआवादीले बाहिर बोलाएर एक्कासी आक्रमण गरेका थिए। आक्रमणवाट उनको टाउको, छाती र हातखुट्टामा चोट लागेको छ। घाइतेलाई एम्वुलेन्समार्फत जिल्ला अस्पताल ल्याइएको छ। आकस्मीक कक्षमा उनको उपचार भइरहेको छ। राजनीतिक आस्था फरक भएको र काँग्रेसको प्रचारप्रसार गरेको भन्दै उनलाई एकसातादेखि एमाओवादीले धम्कि दिइरहेका थिए। परिवार नेपाली काँग्रेस निकट भएपनि उनि राजनीतिमा सक्रिय थिएनन्। काँग्रेसमा आस्था राखेकै कारण एमाओवादी कार्यकर्ताले दैनिक आक्रमण गर्ने धम्की दिइएको पीडितले जानकारी दिए। गत बुधवार मात्र उनलाई एमाओवादी बाँफीकोट अध्यक्ष चन्द्रबहादुर केसीलगायतले केसीको घर नजिकै कार्यक्रम गरी हात खुटटा काटने धम्कीपुर्ण भाषण गरेका थिए। उनीमाथि आक्रमण भएपछि वाईएलका एक कार्यकर्तालाई सफल भईसक्यो फिर्ता हुनु भनी निर्देशन दिएको खुल्न आएको छ। एमाओवादीले आधार क्षेत्र भन्दै विपक्षहरुका आक्रममण गर्ने, सभा विथोल्ने र धम्काउँदै आएको छन्।

0 Comments

Related Reports