Incident Reports

उदयपुरमा माओवादीका चार नेता पक्राउ l

2013-11-18

उदयपुर , मंसिर ३ - उदयपुर त्रियुगा नगरपालीका-१२ कालिखोलाबाट नेकपा-माआवादीका राज्य समिति सदस्य सहित ४ स्थानीय नेता आज बिहान पक्राउ परेका छन् । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै वाईसीएलका जिल्ला अध्यक्ष एविराज राईको समुहले नेकपा माओवादीका नेतालाई बिहान पनौ १० बजे पक्राउ गरि प्रहरीलाई बुझाएको हो । पक्राउ पर्नेमा राज्य समिति सदस्य समेत रहेका मजदुर नेता पदम दाहाल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दुर्गा तमाङ, प्रतिक बराल र सुनबिर लामालाई वाईसिएल अध्यक्ष राईको समुहले जिल्ला प्रहरी कार्यालयमा ल्याएर बुझाएको प्रहरी निरीक्षक बाबुराम पोखरेले बताए । पक्राउ परेका दाहाल उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदुर हुन । दाहालको समुहलाई सुकौराबाट चुहाडे तर्फ आउदै गर्दा वाईसिएलले बाटोमा पक्राउ गरेकेा हो । माओवादी उम्मेदबार सुरेश राईको केहि दिन पहिले रौताको मुर्कुचीमा भएको कार्यक्रममा नेता दाहाल सहित समुहले अवरोध गरेको भन्दै वाइसिएल खोजी रहेकेा थियो । खोज्ने क्रममै उनीहरुलाई पक्राउ गरिएको वाईसीएलले जनाएको छ । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहिकोलागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुले निर्वाच विथोल्ने प्रयास गरेकेाले निर्वाचन सम्वन्धि ऐन अुनसार नै कारबाहि अगाडि बढाइने प्रहरीले जनएको छ ।

0 Comments

Related Reports