Incident Reports

एलएमजी र एम १६ सहित बिप्लवका कार्यकर्ता पक्राउ

2019-02-27

Province 1, Sunsari, Dharan

अत्याधुनिक हतियारसहित विप्लव माओवादीका एक कार्यकर्ता प्राउ परेका छन्। उनी धरान पानबारीबाट एलएमजी र एम १६ सहित  पक्राउ परेको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा २ जना आउँदै गर्दा उनी समातिएका हुन्। अर्का एक जना भने फरार भएको प्रहरी स्रोतले बतायो। पक्राउ पर्नेमा बेलबारी १०का देबकुमार लिम्बु छन्। अहिले उनलाई पनबारीस्थित प्रहरी चौकीमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ। जिल्लाका एसपी, संघीय प्रहरी प्रमुख एसएसपी पनि पानबारी पुगेका छन् भने प्रदेश प्रहरी प्रमुख डिआइजी पनि यहि घटनाबारे बुझ्न पानबारी आउँदैछ्न।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang

0 Comments