Incident Reports

काङ्ग्रेस कार्यकर्ता चढेको जीपमा ढुङ्गा प्रहार गरेको भन्दै जाहेरी l

2013-11-16

Shiva Raj Khatri अछाम । ०७० मङ्सिर १ गते, चुनाव प्रचारमा हिँडेका नेपाली काङ्ग्रेसका कार्यकर्ता चढेको जीपमा एमालेका कार्यकर्ताले मङ्सिर १ गते मार्कुमा ढुङ्गा प्रहार गरेको भन्दै काङग्रेसले मार्कु गाविस-९ निवासी एमाले कार्यकर्ता जयराज बोगटीको नाममा प्रहरी चौकी चौखुटेमा जाहेरी दिएको छ । क्षेत्र नम्बर १ को चौरपाटीमा हुन लागेको काङ्ग्रेसको चुनावी आमसभामा सहभागी गएका काङ्ग्रेस कार्यकर्ता चढेको जीपमा एमालेका कार्यकर्ताले ढुङ्गा प्रहार गरी सिसा फुटाएको जाहेरीमा उल्लेख गरेको प्रहरी चौकी चौखुटेका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले जानकारी दिए । जाहेरी दिने र ढुङ्गा प्रहारमा संलग्न भनिएकाहरू आ-आफ्नो चुनावी सभामा सहभागी भएकाले उनीहरूलाई चुनावपछि बोलाएर छलफल गर्ने उनले जानकारी दिए । शिवराज खत्री

0 Comments

Related Reports