Incident Reports

रोल्पामा गाउँपालिका प्रमुखको गाडीमा आगजनी, कार्यालय पनि तोडफोड

2019-03-06

रोल्पाको गंगादेव गाउँपालिका प्रमुख चढ्ने गाडी गएराति अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिका प्रमुख वीरबहादुर खत्रीको गाडी जलाएर क्षति पुर्याएको रोल्पाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए ।उनका अनुसार  साेही गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयको  कम्पाउण्ड भित्र राखिएको गाडीमा पेट्रोलियम पदार्थ छर्केर अज्ञात समुहले आगजनी गरेका हुन् । आगजनीबाट गाडीमा क्षति पुगेको छ । सो समूहले कार्यालय भवनमा समेत ढुङ्गाले ताडेफोड गर्दा झ्यालका सिसाहरु फुटेका छन ।आगजनी र तोडफोड हुन थालेपछि कार्यालय सहयोगी मानबहादुर केसीले तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।   मंगलवार देखि सुरु भएको स्थानिय मेला उद्घाटन गर्न पुगेका गाउँपालिका प्रमुख खत्रीले वडा नम्वर ४ को वडा कार्यालयमा  भे १ ज २७८५ नम्वरको बलेरो जिप पािर्कङ गरेर राखेका थिए ।  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आजगनी गरेको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Vandalism
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments