Incident Reports

बन्दको अवज्ञा गरेको भन्दै सल्यानमा ट्रक र जीप तोडफोड

2019-03-07

Karnali, Salyan, Tribeni

नेत्र विक्रम चन्द विप्लवको बन्दका कारण बिहीबार राप्ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले गाडी चल्न दिएका छैनन् । बन्दको अवज्ञा गरेको भन्दै बिहानै दुईवटा सवारीसाधनमा तोडफोड भएको प्रहरीले जनाएको छ । 

राप्ती राजमार्गको सल्यान दाङ खण्ड अन्तर्गत त्रिवेणीको सल्लेखोलामा ना ४ ख ६३६८ नम्बरको ट्रकमा तोडफोड भएको हो । तोडफोडबाट ट्रकका सिसा फुटेका छन् । यस्तै लु २ च २७२५ नम्बरको वोलेरो जीपमा पनि तोडफोड प्रयास भएको छ । 

प्रहरीले तोडफोडमा संलग्नको खोजी भैरहेको जनाएको छ । यातायात सुचारुको लागि स्कटिङमार्फत गाडि चलाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी इन्स्पेक्टर गिरीराज भण्डारीले बताउनुभयो । 

तुलसीपुरमा कार्यक्रम स्थलबाटै आफ्ना कार्यकर्ताहरु पक्राउ परेको भन्दै त्यस्तो विरोधमा बन्द गर्नुपरेको विप्लव समूहले जनाएको छ ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 2
National/Online Media

0 Comments