Incident Reports

एमाओवादी र एमालेका कार्यकर्ताको झडपमा दुई घाइते l

2013-11-17

Bishnu Devkota डोल्पा । ०७० मङ्सिर २ गते, लहँ गाविसको लहँ गाउँमा नेकपा एमाले र एकीकृत माओवादीका कार्यकर्ताबीच मङ्सिर २ गते दिउँसो झडप हुदाँ एमाओवादीका दुई जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा लहँ गाविस-५ का एमाओवादीका ३५ वर्षीय लालबहादुर रोकाय र वाइसीयल कार्यकर्ता ४० वर्षीय रमेश रोकाय रहेका छन् । पूर्व जनमुक्ति सेनाका लडाकु रहेका लालबहादुरको टाउको पछाडि र दाँहिने खुट्टाको तिघ्रामा गहिरो चोट लागेको छ भने रमेशको पिठयूँमा चोट लागेको छ । घाइतेको प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको एमाओवादीले जनाएको छ । एमालेका कार्यकर्ताले उम्मेदवारलाई मत माग्दै हिडेको अवस्थामा वाईसीयलका कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूलाई ढुङ्गा प्रहार गरेपछि २०/२५ जनाको समूहमा रहेका एमाले कार्यकर्ताहरूले एमालेका कार्यकर्तालाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी मोहनप्रसाद पोखरेलले जानकारी दिए । विष्णु देवकोटा

0 Comments

Related Reports