Incident Reports

पाँचथरमा एक युवकको शंकास्पद मृत्यु

2019-03-09

Province 1, Panchthar, Phidim, Ward 12

फिदिम : पाँचथरको फिदिम नगरपालिका १२ नागिनका २९ वर्षका बिनोद थुलुङ राईको मृत्यु भएको छ । शुक्रबार खोले पकाउने क्रममा गोठमा आगो लागेर दुईटा गाई जलेर मरेपछि भौतारिएका राईलाई दिउँसो मृत अवस्थामा भेटिएका थिए।

आगो लागेर गाई मरेपछि घरबाट निस्किएका बिनोदलाई उनकै दाई सन्तोष राईको घरमा मृत भेटिएको वडाध्यक्ष प्रेमनारायण आचार्यले जानकारी दिए । मृतक राईको नाकबाट रगत आएकाले घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले राईको सब पोष्टमार्टका लागि फिदिम ल्याउन मुचुल्का गरेपछि आफन्त र दाजुभाईले प्रहरीलाई असहयोग गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलको भनाई छ । 

वडाध्यक्ष आचार्यले घटना शंखास्पद नभएको बताएका छन् । दाम्लोमै गाई जलेर मरेपछि तनाबमा परेका राईले मदिरा सेवन गरेपछि उनको मृत्यु भएको आचार्यको बताए । ‘उनी उच्च रक्तचापका बिरामी थिए,’ आर्चायले भने ‘बिनोदको मृत्युमा शंका गर्नुपर्ने ठाँउ नै छैन ।’ राईहरुको संस्कारमा पोष्टमार्टम गर्न नहुँने भएकाले बिनोदका दाजुभाई र आफन्तले शव पोष्टमार्टम गर्न नमानेको आचार्यको भनाई छ । 

 

 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Panchthar

0 Comments

Related Reports