Incident Reports

होटल तोडफोड गरेको अभियोगमा ३ जना पक्राउ

2019-03-09

Bagmati, Kathmandu, Kathmandu, Ward 32

काठमाडौं महानगरपालिका-३२ जडीबुडीस्थित रामेछाप दोरम्बा गाउँपालिका-६ घर भएका २९ वर्षीय पुष्कर मगरको होटलमा तोडफोड गरेको अभियोगमा ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नरेफाँट बस्ने २९ वर्षीय अशोक मल्ल, २२ वर्षीय नारायण श्रेष्ठ र ललितपुर गोदावरी बस्ने सुनसरी धरान घर भएका २१ वर्षीय प्रबिण लिम्बु रहेका छन् । उक्त होटलमा टेबुल, शिशा, गिलास लगायतका सामानहरु तोडफोड गरी क्षति पुर्‍याएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । तोडफोडबाट करिब ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Police website

0 Comments

Related Reports