Incident Reports

लाजिम्पाटमा तेस्रोलिंगीको शंकास्पद मृत्यु, एक पक्राउ

2019-03-08

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको लाजिम्पाटमा एक जना तेस्रोलिंगी व्यक्तिको ‘शंकास्पद’ मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की घर भई लाजिम्पाट बस्दै आएका ३१ वर्षीय जीवन गुरुङ छन् ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद शर्मा घिमिरेका अनुसार आइतबार बिहान गुरुङको कोठामा उनको शव भेटिएको थियो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ । मृत गुरुङको निधारमा चोट देखिएकाले तेस्रोलिंगी समाजले घटनालाई शंकास्पद मानेको छ ।

उनीहरुले दरबारमार्ग प्रहरीमा गुरुङसँगै बस्ने विदेश कार्कीविरुद्ध किटानी जाहेरी दिएका छन् । जसको आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

गत शुक्रबार मादक पदार्थ सेवन गरेर कार्कीले मृतक गुरुङलाई कुटपिट गरेको जाहेरीमा उल्लेख छ । त्यसबारे प्रहरीलाई समेत खबर गरिएको थियो । तर, पहिले अस्पताल लैजान सुझाइएपछि उपचारका लागि वीर हस्पिटल लगिएको थियो ।

उपचारपछि गुरुङ फर्किएका थिए तर, त्यसबारे प्रहरीलाई केही जानकारी थिएन । एक्कासी शव भेटिएको खबर पाएपछि प्रहरी अनुसन्धानका लागि गुरुङको कोठामा पुगेको हो ।

गुरुङ ५/७ वर्षदेखि सोही कोठामा बस्दै आएको जनाइएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence against sexual minority groups (LGBTI)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Sexual minority group or organization
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments