Incident Reports

बुटवलमा भेटिएको शंकास्पद वस्तु बम भएको पुष्टि

2019-03-14

Lumbini, Rupandehi, Butwal

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालीकानगरमा बिहीबार बिहान फेला परेको शंकास्पद वस्तु बम भएको पुष्टि भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको क्रममा बाल्टीमा कालो प्लाटिकले बेरेर राखिएको शंकास्पद वस्तु फेला परेको थियो । बुटवल—भैरहवा सडक खण्डको कालीकानगरमा स्पिड ब्रेकरमा राखिएको उक्त शंकास्पद वस्तु ‘इन्प्रोभाइस एक्सप्लोसिभ डिभाइस’ (बम) भएको डिस्पोजका क्रममा पत्ता लागेको हो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले विष्फोट गर्दा निकै ठूलो आवाज आएकाले उक्त वस्तु शक्तिशाली बम भएको पुष्टि भएको प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।


प्रहरीले बेलैमा सेनाको टोलीबाट डिस्पोज गराएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरी निरीक्षक केसीले बताए ।

बन्दका बेला यस्ता शंकास्पद वस्तु अन्यत्र पनि भेटिनसक्ने भएकाले त्यस्ता वस्तु नछुन र सुरक्षा निकायलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments