Incident Reports

अदालत अगाडि शंकास्पद वस्तु फेला, बम भएको आशंका

2019-03-14

रुकुम पूर्वको जिल्ला अदालत अगाडि शंकास्पद वस्तु फेला परेको छ । अदालतको २०० मिटर अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । उक्त वस्तु बम भएको स्थानीयले आशंका गरेका छन् । तर यसको पुष्टि भइनसकेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

‘अदालत अगाडि पोलिथिनमा बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ, उनले भने–तर यसको पुष्टि भैसकेको छैन् ।’ सेनाले उक्त वस्तु के हो भनेर पत्ता लगाउने काम भइरहेको बताईएको छ । अहिले शंकास्पद वस्तु रहेको ठाउँमा प्रहरी, नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली पुगेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments