Incident Reports

नेपालगन्जको मुख्य सडकमै बम फेला, जनजीवन आतंकित

2019-03-14

Lumbini, Banke, Nepalgunj

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आव्हान गरेकै दिन नेपालगन्ज उपमहानगरपालिकाको राँझास्थित मुख्य सडकमै बम फेला परेको छ। नेपालगन्ज–कोहलपुर चारलेन सडकमै बम फेला परेपछि जनजीवन आतंकित बनेको छ।

सानो बाल्टिन जस्तो देखिने भाँडामा बाहिर पट्टी ‘खतरा’ लेखेर छाडिएको उक्त बस्तु बम नै भएको आशंका गरी प्रहरीले डिस्पोजका लागि राँझास्थित नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। सोही टोली आएर उक्त बस्तु निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) अरुण पौडेलले जानकारी दिए।

‘बाटोमा हिड्ने सर्वसाधारणले उक्त बस्तु देखेपछि प्रहरीलाई खबर गरे, केहीबेर त्यहाँ आवत जावत गर्न बन्द गरियो’, एसपी पौडेले भने, ‘हामीले नेपाली सेनालाई खबर गरेपछि टोली आएर डिस्पोज गरिसकेको छ।’ नेपाल सरकार मन्त्री परिषद्को बैठकले केही दिनअघि विप्लव समूहको नेकपाको गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सरकारको निर्णयसँगै विप्लवको गतिविधिमा निगरानी बढाएको बाँके प्रहरीले मुख्य सडकमै बम राख्ने व्यक्तिको भने पहिचान गर्न सकेको छैन्। बन्दका कारण बिहीबार बाँकेको जनजीवन प्रभावित बनेको छ। विप्लव समूहको त्रासका कारण विद्यालय, उद्योग तथा कलकारखाना, व्यवसाय, यातायात साधन चल्न सकेका छैनन्।

विप्लव समूहले फोन गरेरै स्कुलको पढाई सञ्चालन नगर्न चेतावनी दिएको बोर्डिङ स्कुलका सञ्चालकहरूले बताएका छन्। यता जिल्ला प्रहरी प्रमुख एसपी पौडेलले भने यातायात, शिक्षण संस्था, उद्योग तथा कलकारखाना, व्यवसाय निर्वाध रुपमा सञ्चालनमा आइरहेको दाबी गरे। 



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Banke

0 Comments