Incident Reports

मौन समयमा एमाओवादीद्वारा पर्चा वितरण l

2013-11-18

काँकडभिट्टा, मंसिर ३ - निर्वाचनको पूर्वसन्ध्यामा एमाओवादीले झापा १ एमाले उम्मेदवार रविन कोइराला र नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माविरुद्ध मतदातालाई पर्चा वितरण गरेको छ । निर्वाचन आचारसंहिता विपरीत एमाओवादीले मेचीनगर नागरिक समाजको नाममा आइतवार राति पर्चा वितरण गरेको हो । आचारसंहितामा कुनै दल अथवा गैरसरकारी संस्थाले मतदातालाई भ्रममा पार्ने गरी सूचना प्रकाशन र प्रकाशन तथा चरित्र हत्या गर्ने खालका गतिविधि गर्न मनाही गरिएको छ । पर्चा वितरणमा एमाओवादी उम्मेदवार वोधराज दाहाल आफै संलग्न रहेको एमाले झापाले दावी गरेको छ । यसैवीच भ्रमपूर्ण पर्चा वितरण गर्ने एमाओवादी उम्मेदवारविरुद्ध एमाले उम्मेदवार कोइरालाले निर्वाचन कार्यालय झापामा उजुरी दिएका छन् । प्रमुख निर्वाचन अधिकृत रमेश खत्रीले घटनाको अनुसन्धान सुरु गर्ने जनाएका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis