Incident Reports

चन्द नेतृत्वको नेकपा पोलिटब्युरो सदस्य पक्राउ

2019-03-17

Bagmati, Lalitpur, Lalitpur

प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का पोलिटब्युरो सदस्य मोहन कार्कीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई बालकुमारीस्थित उनकै डेराबाटै पक्राउ गरेको हो ।

स्रोतका अनुसार शुक्रबार राति औषधि लिन डेरा पुगेका बेला उनी पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार उनलाई सामाजिक हितविपरीत क्रियाकलाप गरेको भन्दै मुद्दा चलाउने तयारी थालिएको छ ।


उनलाई आइतबार अदालत लैजाने तयारी प्रहरीले थालेको छ । प्रहरीका अनुसार सरकारले प्रतिबन्ध लगाएपछि पक्राउ परेका कार्की नै सबैभन्दा ठूलो नेता हुन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments