Incident Reports

शैक्षिक हडतालले अन्तिम परीक्षा स्थगित

2019-03-17

Karnali, Salyan, Bagchaur

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सल्यानले चैत ३ गते जिल्लामा गरेको एकदिने शैक्षिक हड्तालका कारण बागचौर नगरपालिका अन्तर्गत लिइएको अन्तिम परीक्षा नै स्थगित छ ।

वार्षिक परीक्षा सञ्चालन भइरहेको बागचौर नगरपालिका अन्तर्गतका सबै विद्यालयमा परीक्षा स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

बन्दका कारणले परीक्षा स्थगित गर्नुपरेको जनकल्यान मावि थारमारेका प्राचार्य पूर्ण भण्डारीले जानकारी दिए ।

आफ्नो संगठनका विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै सो संगठनले जिल्लाभर चैत ३ गते एकदिने शैक्षिक हड्तालको आह्वान गरेको थियो ।

फागुन २३ गते श्रीनगरबाट अखिल क्रान्तिकारी सल्यानका पूर्व सचिव मदन केसी, उनलाई भेट्न फागुन २७ गते जिल्ला प्रहरी कार्यालय पुगेका वर्तमान सचिव गनेश आरसीलाई गिरफ्प्तार गरिएको र युवा संगठन सल्यानका सचिव खुम केसीलाई पनि गिरप्mतार गरिएको भन्दै रिहाइको माग सहित सो संगठनले विज्ञप्तिमार्फत शैक्षिक संस्था बन्दको आह्वान गरेको थियो ।

चैत ३ गते स्थगित अंग्रेजी विषयको परीक्षा चैत १४ गते सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

मिना बुढाथोकी


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments