Incident Reports

होलीमा खुकुरी र ढुंगा हानाहान गर्नेसहित २६ जना बानेश्वरबाट पक्राउ

2019-03-20

Bagmati, Kathmandu, Kathmandu

६ चैत, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरले बुधबार मनाइएको होली पर्वमा उछृंखल गतिविधि गरेको आरोपमा २६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जबरजस्ती रंग दल्नेदेखि खुकुरी र ढुंगा हानाहान गर्नेसम्म छन् ।

बानेश्वरका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बानेश्वरको एक क्याफेमा बसेर झगडा गर्ने सौगात केसी र छत्र भण्डारीलाई पक्राउ गरिएको छ ।

उनीहरु दुवै सामान्य घाइते भएका थिए । प्रत्यक्षदर्शीले भने उनीहरुले खुकुरी हानाहान गरेको दाबी गरेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी काफ्ले बताउँछन् ।

होली मनाउने क्रममा मादक पदार्थ सेवन गरेर ढुंगा हानाहान गर्ने पनि दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साइँला रावल र कपिलेश विष्ट छन् ।

छिटपुट सामान्य घटनाबाहेक बानेश्वर क्षेत्रमा शान्तिपूर्ण रुपमा होली सम्पन्न भएको डीएसपी काफ्लेको भनाइ छ ।






यो पनि पढ्नुहोस 

जथाभावी रंग दलेको आरोपमा ५ महिलासहित १९४ जना पक्राउ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments

Related Reports