Incident Reports

दुई गाउँलेबीच झडप : स्थिति नियन्त्रण लिन हवाई फायर

2019-03-21

Madhes, Rautahat, Gujara, Ward 9

रौतहट :  रौतहटको  गुजरा  नगरपालिका ९ सिमराभवानीपुरमा बिहीबार दुई गाउँलेबीच झडप भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याससँगै हवाई फायर गर्नु परेको छ। 

बाटोको किनारमा बनियाँ समुदायले होली खेल्न राखेको माटोको घैटा (मट्का) चौधरी समुदायका केही व्यक्तिले फुटाएपछि विवाद भएको प्रहरीको भनाइ छ। 

झडपमा स्थानीय तथा प्रहरी घाइते भएका छन्। प्रहरीले पाँच जना स्थानीयलाई नियन्त्रणमा लिएको छ।

दुवै पक्षलाई नियन्त्रणमा नलिई एकपक्षका व्यक्तिलाई मात्र प्रहरीले नियन्त्रणमा लिएको भन्दै चौधरीपक्षले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि ६ राउण्ड अश्रुग्यास र ७  राउण्ड हवाई फायर भएको हो। 

प्रहरीतर्फ प्रहरी हवल्दार ईश्वर विष्टको मुखमा चोट लागेको  छ भने प्रहरी जवान पिताम्बर काफ्लेको छातिमा चोट र पवन कार्कीको  दाहिने हातमा चोट लागेको छ।

यस्तै गुजरा नपा ९ सिमरा भवानिपुर चौधरीटोलका विवेक चौधरी, बानियाँ टोलका ५३ वर्षीय तेतरीदेवी साह, ५९ वर्षका रामएकवाल साह रौनियार र ३४ वर्षीय सोनेलाल सहनी घाइते भएका छन्। उनीहरुको चन्द्रनिगाहपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खड्काले जानकारी दिए। 

प्रहरीले २१ वर्षीय  दिपेश चौधरी, आकास चौधरी, १७ वर्षीय  पप्पु चौधरी, ३० वर्षीय सुकेश्वर चौधरी, ३० वर्षीय रोहित चौधरीलाई नियन्त्रणमा लिएको छ।

घटनास्थलमा चन्द्रनिगाहपुर, गरुडाबाट नेपाल प्रहरी तथा सन्तपुरबाट सशस्त्र प्रहरी परिचालन गरिएको छ।

  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media

0 Comments

Related Reports