Incident Reports

होली खेल्ने क्रममा दुई पक्षबीच झगडा हुँदा एककाे मृत्यु

2019-03-21

Province 1, Sunsari, Dharan, Ward 7

धरान उपमहानगरपालिका, ७ स्थित शान्तिपथमा होली खेल्दै गर्दा दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएकाे छ । धरान, ८ का २० वर्षीय निमा तामाङको छुरी प्रहारबाट ज्यान गएको प्रहरीले जनाएको हाे ।

तामाङकाे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । उनको छातीको दाहिने भागमा चोट लागेको थियो । घटनामा धरान, ८ का १७ वर्षीय मिलन विक घाइते भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

दिउँसो तीन बजे चार जनाको समुहले तामाङलाई आक्रमण गरेका थिए । उनलाई तत्काल उपचारका लागि अस्पाताल लगिएको थियो । उपचारको क्रममा उनकाे निधन भएको वीपी प्रतिष्ठान प्रहरी पोष्टका इञ्चार्ज सई दुर्गा पराजुलीले जानकारी दिए । हत्यामा संलग्नलाई प्रहरीले खोजी गरिरहेको छ । 


अपडेट ...........

होली पर्वका दिन सुनसरीको धरान उपमहानरपालिका-९ बगैचा लाइनमा निमास तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले तामाङको छुरा प्रहार गरेर हत्या गर्ने चारलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा धरान ९ का १८ वर्षीय सुशान्त लिम्बू, धरान ७ पानमाराका १८ वर्षीय मनिष लावती लिम्बु, १७ वर्षीय निश्चल विक र १८ वर्षीय शरण - राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । उनीहरूले व्यक्तिगत रिसिइबीका कारण तामाङको धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेर फरार भएका थिए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 1
Youth Injured 1
National/Online Media , INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Morang , Local Newspaper - Siraha

0 Comments

Related Reports