Incident Reports

विप्लव नेतृत्वको नेकपाका चार जना कार्यकर्ता गिरफ्तार

2019-03-20

Lumbini, Kapilbastu, Shivaraj

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता वाणगङ्गा नपा–१ का ४५ वर्षीय श्यामदास पासी, ४० वर्षीय राजमङ्गल थारु, शिवराज नपा–९ शिवगढीका ३८ वर्षीय दुर्गालाल खत्री र ४५ वर्षीय युवराज न्यौपानलेलाई प्रहरीले शिवगढीबाट चैत ६ गते गिरफ्तार गरेको छ ।

सरकारले प्रतिबन्ध लगाएसँगै पछिल्लो समयमा प्रहरी प्रशासनले छापा मार्ने र गिरफ्तार गर्ने क्रम तीव्र बनाएपछि नेकपा विप्लव समूहका सबै नेता कार्यकर्ताहरू भुमिगत भएका छन् ।

नेत्रविक्रम चन्द (विप्लव) समूहको एक आधार इलाका तथा गृह जिल्ला भएकोले कपिलवस्तुमा गतिविधि बढ्न सक्ने आशङ्कामा सुरक्षा निकायले निगरानी बढाएको छ ।

नेकपाका केन्द्रीय महासचिव विप्लव र लुम्विनी व्युरो इञ्चार्ज चन्द्रबहादुर चन्द, विरगञ्ज शिवगढीका बासिन्दा हुन भने केन्द्रीय सचिव भेषराज भुषाल शिवराज नपाका बासिन्दा हुन् ।

यसैगरी छिमेकी जिल्लाहरुमा समेत कपिलवस्तुका नेताहरूले इञ्चार्ज तथा सेक्रेटरीको जिम्मेवारी पाएका छन् ।

गिरफ्तार गरिएका नेताहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी अच्युतप्रसाद पुडासैनीले बताए ।


नन्दराम पौडेल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Rupandehi

0 Comments