Incident Reports

कक्षा १० मा पढ्ने किशोरीको शंकास्पद मृत्यु, प्रिन्सिपल र होस्टल वार्डेन पक्राउ

2019-03-22

Bagmati, Lalitpur, Lalitpur

८ चैत, काठमाडौं । ललितपुरको थेचोमा रहेको सोनाम एकेडेमीको गर्ल्स होस्टलमा बस्ने एक किशोरीको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १० मा अध्ययरत् किशोरी १५ वर्षीया मेरिका राना छिन् ।

महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) राजकुमार खिउजुका अनुसार बिहीबार दिउँसो होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा रानाको शव भेटिएको थियो । लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

तर, परिवारले रानाको मृत्यु नभई हत्या भएको आशंका गर्दै किटानी जाहेरी दिएका छन् ।

जोहरीपछि दुई जनालाई पक्राउ गरेर सोधपुछ थालिएको खिउजुले अनलाइनखबरलाई बताए । पक्राउ पर्नेमा एकेडेमीका प्रिन्सिपल राजकुमार योञ्जन र होस्टलका वार्डेन किशोर इशक छन् ।

उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

किन शंकास्पद ? किशोरीको बुबाले दिए ३ कारण

मृतक किशोरीकी बुबा पुष्कर राना मगरले बाहिर देखिए जस्तो घटना सामान्य नभएको दाबी गर्दै प्रहरीलाई जाहेरी दिएका थिए । उनले आफूलाई घटना शंकास्पद लाग्नुका पछाडि ३ वटा कारण देखाएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘बेडको माथिल्लो भागमा झुण्डिएको भनिएको छ तर, हिपभन्दा तलको भाग सबै भुइँमा छ । खुट्टा लम्पसार छ, यो कसरी हुनसक्छ ?’ दोस्रो कारण भने झ्यालबाट बालिका झुण्डिएको देखेपछि प्रहरी वा परिवारलाई खबर गर्नुको साटो पहिले ढोका खोल्ने काम भएको मगरको दाबी छ ।

‘त्यो देख्ने वित्तिकै हामीलाई खबर हुनुपर्थ्यो । कि त प्रहरीलाई बोलाएपछि मात्रै ढोका खोलिनुपर्थ्यो’, उनले भने, ‘तर, प्रहरी पुगेपछि मात्रै हामीलाई खबर गरिएको थियो ।’ उनका अनुसार बिहीबार मेरिका टाउको दुख्यो भनेर बिहान ६ बजेदेखि हुने कक्षामा नगइ बसेकी थिइन् । तर, त्यसबारे परिवारलाई कुनै खबर गरिएन ।

‘हामीलाई खबर गरेको भए, अस्पताल लैजान्थ्यौं’, उनले सुनाए, ‘यस्तो घटना नहुनसक्थ्यो ।’ उनका अनुसार एसईई तयारीका लागि कक्षा १० का विद्यार्थीलाई अनिवार्य होस्टलमा राख्नुपर्ने विद्यालय प्रशासनले भनेपछि बालिकालाई त्यहाँ भर्ना गरिएको थियो ।

‘एक महिनाको १२ हजार रुपैयाँ तिर्ने गरी ३ महिनाका लागि उसलाई राखेका थियौं’, पुष्करले थपे, ‘त्यतिवेला सुरक्षादेखि लिएर हरेक कुराको जिम्मा आफूहरुको हुने प्रिन्सिपलले भनेका थिए । तर, बालिकाको यस्तो अवस्था हुँदासम्म हामीलाई किन खबर गरेनन् ?’ बालिकालाई होस्टलमा भर्ना गरेको दुई महिना ७ दिनपछि यो घटना भएको हो ।

आत्महत्याको कतिपय घटनामा भुइँमा लत्रिएको अवस्थामा पनि शव भेटिने अनुसन्धान विज्ञहरु बताउँछन् । यद्यपि, यो घटनाका के भएको थियो भन्ने विषय भने पोष्टमार्टम रिपोर्ट आएपछि नै निर्क्र्यौल हुनेछ ।

हाल पीडित परिवारले होस्टल बाहिर रहेको सीसी टीभी फुटज हेर्न पाउनुपर्ने माग गरेका छन् । हालसम्म त्यो व्यवस्था नमिलाइएको मृतकका आफन्त प्रदीप रानाले गुनासो गरे ।

फरेन्सिक डाक्टरबाट निरीक्षण, पोष्टमार्टम रिपोर्टको पर्खाइ

घटनाप्रति पीडित परिवारले आशंका व्यक्त गर्ने वित्तिकै प्रहरीले पाटन अस्पतालका फरेन्सिक विज्ञ डाक्टरलाई घटनास्थलको अनुगमन र अनुसन्धानमा बोलाएको थियो ।

चिकित्सकले स्थलगत अवलोकन पनि गरेका छन् यद्यपि, कुनै निष्कर्ष निकालिसकिएको छैन । अब पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै बालिकाको मृत्युको कारण र समयबारे खुल्नेछ ।

प्रारम्भिक चेकजाँचका क्रममा बालिकाको शवमा बाहिरी चोटपटक देखिएको छैन । यद्यपि, बायाँ हातको नसा काट्न खोजेको देखिएको अनुसन्धानमा खटिएका अधिकारी बताउँछन् ।

‘ब्लेडले हात काट्न खाजेको देखिन्छ । तर, धेरै चोट छैन’, ती अनुसन्धान अधिकारीले सुनाए । प्रहरीको टोली घटनास्थलमा पुग्दा शव सलमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

ललितपुर प्रहरी परिसर, जावलाखेलकी प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंह भने घटनाको विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताउँदै अनुसन्धानमा कुनै कसर बाँकी नराखिने बताउँछिन् ।

यसअघि ६ फागुनमा काठमाडौंको बुढानिलकण्ठस्थित भंगालमा पनि कक्षा दुईमा पढ्ने एक बालकले आत्महत्या गरेका थिए । उनले आत्महत्या गरेको होस्टलको काेठामा भेटिएको कागजको चिर्कटोमा ‘कोपु*को कारण मरेको’ भनेर लेखिएको भेटिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports