Incident Reports

मतदान केन्द्र नजिकै राखिएको बेवारिसे बम सेनाद्वारा निष्क्रिय

2013-11-19

दैलेख । ०७० मङ्सिर ४ गते नारायण नपा-१ नयाँ बजारको त्रिभुवन उमाविमा रहेको मतदान केन्द्रमा जाने गेटमा अज्ञात समूहले राखेको बेवारिसे बम मङ्सिर ४ गते बिहान ७ बजे नेपाली सेनाले निष्क्रिय पारेको छ । बेवारिसे बमका कारण सो मतदान केन्द्रमा मतदान कार्य आधा घण्टा ढिलो सुरु भएको छ । सदरमुकामको बीचमा रहेको सो मतदान केन्द्रलाई लक्षित गरी केन्द्रमा पस्ने गेट नजिक राखेको बेवारिसे बम मतदान केन्द्रमा खटिएका कर्मचारीले देखेपछि नेपाली सेनालाई खवर गरेको र नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय पारेको थियो । रण शार्दुल गणका सेनानी भीमसेन ढुङ्गानाले सो बम विष्फोटक पदार्थ मिसाएर बनाएको सामान्य घरेलु बम रहेको जानकारी दिए । त्यसैगरी जिल्ला प्रहरी कार्यालयदेखि करिव १ सय मिटर टाढा पनि अज्ञात समूहले राखेको प्लाष्टिकको झोलामा प्लाष्टिककै डोरीले बाधिएको शङ्कास्पद बस्तु फेला परेका छ । सो बस्तुको एकीन गर्नका लागि नेपाली सेनाको टोलीले प्रयास जारी राखेको छ । सदरमुकाममा भेटिएका विष्फोटक पदार्थ लगायत शङ्कास्पद बस्तु फेला पर्न थालेपछि सर्वसाधारणमा डरत्रास फैलिएको छ । मतदान केन्द्रमा जादै गरेका सर्वसाधारणहरुलाई प्रहरी र नेपाली सेनाले सुरक्षाको कारण देखाउदै आवतजावतमा रोक्न बाध्य भएको देखिएको छ । यज्ञराज थापा

0 Comments

Related Reports