Incident Reports

प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप

2019-03-20

Lumbini, Rupandehi, Sainamaina, Ward 6

सैनामैना नपा–६ का २५ वर्षीय निरज खनालले इलाका प्रहरी कार्यालय सालझण्डीले कुटपिटको उजुरी दर्ता नगरेको आरोप लगाएका छन् ।

खनाललाई व्यवसायी सङ्घ सैनामैनाका अध्यक्ष नारायण खरेलले चैत ६ गते कुटपिट गरेको भन्दै पीडितले चैत ६ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा ठाडो निवेदन दिएको र प्रहरीले उजुरी ल्याउन भनेपछि चैत १० गते उजुरी दिएकामा प्रहरीले उजुरी दर्ता नगरेको पीडितले आरोप लगाएका हुन् ।

दुई वर्ष अगाडि मन्त्री परिषदले पीडितका बाबु रणबहादुर खनाललाई नगर विकास समितिको सभापतिमा मनोनयन गरेको थियो ।

सभापति हुँदा घर भाडामा लिएको घरभाडा नदिएको भन्दै पटकपटक धम्की दिँदै आएको र आफुले मनोनित भएपछि पनि सपथ नलिई र कुनै भूमिका निर्वाह नगरेकाले यस विषयमा जबाफदेही हुन नसक्ने बताएपछि कुटपिट गरेको पीडितको आरोप छ ।

आरोपित खरेलले चैत ६ गते दुई ओटा कार बा १४ च ७३२९ नम्बरको रातोे कार, बा.१२ च ६४८३ नम्बरको कार,  स्कुटी  मोटर साइकलमा आएका १२ जनाले कुटपिट गरेको पीडितले आरोप लगाए ।

उनले मोवाइल फुटाएको र सुनको ब्रासलेट समेत लगेको बताउँदै घटनाको विषयमा कसैलाई भने परिवारलाई समेत ठेगान लगाउने धम्की दिएको बताए ।

इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर रविनराज मैनालीले दुवै पक्षको उजुरी परेकाले भरसक दुवै पक्षलाई बोलाएर घटनालाई टुङ्गो लगाइने बताए ।


रीमा विसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments

Related Reports