Incident Reports

कुटपिटका कारण एकजनाको अवस्था चिन्ताजनक, आरोपितविरुद्ध प्रहरीमा उजुरी

2019-03-21

Madhes, Bara, Prasauni, Ward 6

प्रसौनी गाँउपालिका–६ बेलहीयाका २२ वर्षीय श्यामसुन्दर साह चैत ७ गते बेलुका ६ बजे देखि ८ बजे सम्म सोही गाउँका स्थानीयहरुको समुहले कुटपिट र दुव्र्यवहार गरेको पीडित पक्षको आरोप छ ।

स्थानीयमध्ये केही व्यक्तिले उनी माथि छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । पेटमा छुराले काटेर आन्द्रा बाहिर निस्किएको छ ।

मुटुमा चोट लागेको नेशनल मेडिकल कलेजका चिकित्सकले बताउँदै अवस्था चिन्ताजनक रहेको पीडित परिवारले बताए । पेट, छाति र हातलगायत चार ठाउँमा छुराले काटेको स्थानीयले बताए ।

श्यामसुन्दर साह सँगै रहेका सोही ठाउका २५ बर्षीय धर्मेन्द्र साहको शरीरका विभिन्न अंगमा छुरा प्रहारबाट घाइते भएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

चोट लागेपनि खतरा मुक्त रहेको उपचारमा संलग्न नेशनल मेडिकल कलेजका चिकित्सकले बताएका छन् ।

दुवैजना रंग लगाएर फागु खेलिरहेको समयमा स्थानीय चुनावमा नेपाली कांग्रेसलाई असहयोग गरेको र नेपाल कम्युनिष्ट पार्टीलाई भोट दिएको भन्दै ज्यान मार्ने उद्धेश्यले आक्रमण गरेको पीडित परिवारको आरोप छ ।

पीडित परिवारको उजुरी र स्थानीयले घटनाका विषयमा जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले एक भ्यान स्थानीयलाई बिरगंजतिर लगेर गएको बताए ।

चैत ७ गते बेलुका ९ः३० बजेको समयमा एक जना र चैत ८ गते बिहान ९ः३० बजे एक जनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गिरफ्तार गरेको स्थानीयले बताए ।

जिल्ला प्रहरी कार्यालय बाराका इन्स्पेक्टर चन्द्रकिशोर साहले पीडितको उजुरी र घटना बारे जानकारी हुँदा साथ प्रहरी परिचालन गरी दुई जनालाई गिरफ्तार गरेको बताए । अनुसन्धान जारी रहेकाले गिरफ्तार पर्नेहरुको नाम सार्वजनिक नगरेको प्रहरीले जनायो ।


भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
INSEC

0 Comments