Incident Reports

विप्लव नेतृत्वको नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार

2019-03-27

Province 1, Morang, Sundarharaicha, Ward 9

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ इञ्चार्ज भोजपुर आमचोक गाँउपालिका–८ का ३८ वर्षीय कृष्णकुमार श्रेष्ठ (प्रज्वल)लाई मोरङ प्रहरीले चैत्र १३ गते गिरफ्तार गरेको छ ।

प्रहरीले श्रेष्ठलाई सुन्दरहरैचा नगरपालिका–९ सलकपुरबाट बिहान ७ बजे हिँडिरहेको अवस्थामा गिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले उनलाई अनुसन्धानका लागि सुनसरीको धरान लगिएकोे बताए ।


इन्दिरा भट्टराई

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments