Incident Reports

विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

2019-03-27

Province 1, Bhojpur, Bhojpur

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चैत ११ गते गिरफ्तार गरेको छ ।

टेम्केमैयुङ गाउँपालिका–४ नागीका २९ वर्षीय सञ्जय राई, पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेका २४ वर्षीय विकास राई र साल्पासिलिछो गाउँपालिका–१ कुलुङका ४७ वर्षीय महेन्द्र तामाङलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गिरफ्तारीमा परेका सञ्जय राई र महेन्द्र तामाङ जिल्ला कमिटी सदस्य हुन् भने विकास राई विद्यार्थी सङ्गठनको जिल्ला अध्यक्ष रहेको प्रहरीको भनाई छ ।

भोजपुर सदरमुकाममा गिरफ्तार गरिएका सञ्जय र विकासलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि शान्ति सुरक्षामा खलल पुर्‍याएको कसुरमा चैत ११ गते नै मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पाण्डपकुमार राजवंशीले बताए ।

त्यस्तै साल्पासिलिछो गाउपालिका–१ वुङलिङबाट गिरफ्तार गरिएका महेन्द्र तामाङलाई भने प्रहरीले जिल्ला ल्याउने क्रममा रहेको इन्स्पेक्टर राजवंशीको भनाई छ ।


गणेश विष्ट

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments