Incident Reports

बुटवलमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु

2019-03-27

Lumbini, Rupandehi, Butwal, Ward 4

बुटवलमा बुधबार राती अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या भएको छ। बुटवल ४ मैनाबगरस्थित अटो भिलेजमा कार्यरत ४० बर्षीय मिस्त्री फिरोज खानको गोली प्रहारबाट हत्या भएको हो। खानलाई टाउको र छातीमा गोली प्रहार गरिएको छ। उनी भारतीय नागरिक रहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए। उनका अनुसार राती साढे ८ बजेतिर गोली प्रहार भएको थियो। 

गोली लागेर घाइते भएका खानलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो। रगताम्य अवस्थामा अस्पतालमा ल्याइएका खानको उपचारको क्रममा मृत्यु भएको डिएसपी मल्लले बताए। गोली कस्ले चलायो भन्नेबारे केही खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खानको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। सामान्य मिस्त्री काम गर्दै आएका खानको गोली प्रहारबाट हत्या भएपछि मैनाबगर क्षेत्रमा त्रास पैदा भएको छ। 

केही दिनअघि मात्रै रुपन्देही देवदहमा तरुण दलका नगर सदस्यको कुटपिट गरि हत्या गरिएको थियो। लगातार हत्याका घटना हुन थालेपछि जिल्लाको शान्ति सुरक्षामा माथि नै प्रश्न उठेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Rupandehi , Local Newspaper - Saptari

0 Comments

Related Reports