Incident Reports

हतियार लिएर नेपाल छिर्ने एक पक्राऊ, नेकपा-माओवादीका सप्तरी इन्चार्ज पनि पक्राऊ

2013-11-19

Madhes, Saptari, Rajbiraj

राजविराज, मंसिर ४ - हतियार लिएर भारतबाट नेपाल छिर्दै गरेको अवस्थाबाट गएराति सशस्त्र प्रहरीले दुई पेस्तोलसहित एकजनालाई सप्तरीस्थित दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको छ । संविधान सभाको चुनावलाई मध्यनजर गर्दै आजसम्मको लागि नेपाल भारत बोर्डर सिल रहेपनि आवत जावतमा पूर्ण कडाई नभएकोले भारतबाट नेपालतर्फ हतियार भित्र्याउन खोजिएको हो । सोही क्रममा सशस्त्र प्रहरीले सप्तरीको दिघुवा गाविसका चोलानाथ मण्डललाई हतियारसहित पक्राऊ गरेको हो । अन्य एक जना भने दशगजाक्षेत्रबाट बोरामा तोरीको सागसँगै रहेको कटुवा पेस्तोल छाडेर भारततर्फ फरार भएको सशस्त्र प्रहरीका एसपी अभिकुमार खत्रीले जानकारी दिए । उनका अनुसार दुई थान कटुवा र दुई राउण्ड गोली बरामद भएको छ । यसैबीच सप्तरी प्रहरीले चुनाव बहिष्कार आन्दोलनमा लागेका नेकपा-माओवादीका सप्तरी इन्चार्ज देवनाथ यादवलाई गएराती जिल्लाको प्रसवनी गाविसबाट नियन्त्रणमा लिएको छ । यसअघि नै जिल्ला सेक्रेटरी दिपेन्द्र माझीसहितका अन्य कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइसकिएको सप्तरी प्रहरीका एसपी दिनेश अमात्यले जानकारी दिए ।

0 Comments

Related Reports