Incident Reports

दाङमा बमसहित चार जना पक्राऊ

2013-11-19

Madhes, Siraha, Sukhipur

दाङ, मंसिर ४ - दाङमा संबिधानसभा निर्वाचनका क्रममा आज बमसहित चार जना पक्राऊ परेका छन् । सोनपुर ४ श्रीगाउँमा स्थानीय प्रेमलाल चौधरी, सन्दिप चौधरी, सागर चौधरी र रामप्रसाद चौधरी पाइप र सकेट बमसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी शरदकुमार खत्रीले जानकारी दिए । सडकमा हिँडिरहेको अबस्थामा शंका लागेर चेकजाँच गर्दा बम फेला परेको उनले बताए । यसैगरी सडकमा बसेर मतदातालाई अवरोध गरिरहको अबस्थामा घोराही २ क्वाडीमा स्थानीय रमतु चौधरीलाई पक्राऊ गरिएको एसपी खत्रीले बताए । जिल्लाका बिभिन्न ठाउँमा मतदातालाई आतंकित पार्ने गरी बम राखिएको भए पनि मतदानमा अवरोध नभएको प्रहरीले बताएको छ । घोराही ९ तेरौटेस्थित मतदान केन्द्र नजिक बम प्रहार भएको छ । टाढैबाट बम प्रहार गरेर भागेको र बम मतदान केन्द्रभन्दा टाढै पड्किएकाले क्षती नभएको प्रहरीले बताएको छ । बम प्रहार गर्नेहरुको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । घोराहीको पुरानो बैंक रोडमा पनि बम फेला परेको छ । अहिले नेपाली सेनाको टोलीले बम निश्त्रिmय पार्न थालेको छ । अन्य बिभिन्न ठाउँमा नक्कली बमहरु फेला परिरहेकाले सुरक्षाकर्मीलाई अनाबश्यक दौडधुप भैरहेको छ । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भैरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । हालसम्म ५० प्रतिशत मत खसिसकेको कार्यालयको भनाइ छ । जिल्लामा ५ निर्वाचन क्ष्ाेत्रमा ३ सय ३७ मतदान केन्द्र छन् । निर्वाचनमा ४ हजार कर्मचारी र ३ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्लामा २ लाख ३८ हजार ७ सय २८ मतदाता छन् ।

0 Comments

Related Reports