Incident Reports

विप्लवका प्रभावशाली नेता गुरुङ पक्राउ

2019-03-29

Gandaki, Kaski, Pokhara Lekhnath

 नेत्रविक्रम चन्द (विप्लव) समुहका कास्की जिल्लास्तरीय एक नेतालाई प्रहरीले पक्राउ गरेको छ ।सो समुहका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा–२५ याम्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । पोखरा–११ फूलबारी निवासी गुरुङ विप्लव समूहका जिल्लाका प्रभावशाली नेता भएको बुझिएको छ । प्रहरीले गत हप्ता सोही समूहका तमुवान जनपरिषद्का संयोजक लेखनाथ निवासी किसानसिंह गुरुङलाई पक्राउ गरेको थियो । सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सो समूहका २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments