Incident Reports

पैसाको लोभमा ६८ वर्षीय बृद्धले गरे हत्या !

2019-03-15

Lumbini, Rupandehi, Butwal

१९ चैत, बुटवल । पैसाको लोभमा एक बृद्धले एक युवकको हत्या गरेका छन् । लम्जुङको मध्य नेपाल नगरपालिका २ सोतीपसलका ३० वर्षीय हरिबहादुर पाण्डेलाई पोखरा–३० डुंडाकोमुखका ६८ वर्षीय बलबहादुर सुनारले हत्या गरेको खुलेको हो ।

पाण्डेको बुटवल ११ बुद्धनगर मजुवा र बिनापातेको बीचमा तिनाउ खोला बगरको चैत १ गते हत्या भएको थियो । फरक–फरक नाम भन्दै हिँड्ने सुनारले पाण्डेको हत्या गरेको पत्ता लागेपछि प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेको छ ।

पाण्डेको साथमा रहेको ३ लाख ८८ हजार रूपैयाँ नगद बरामद प्रहरीले बताएको छ । सुनारले पाण्डेबाट लुटेको पैसाले सुनको बेरुवा औठी, सुनको लकेट, १ थान सिक्री, रातो पत्थर भएको सुनको लकेट किनिसकेको पाइएको छ ।

पाण्डे बुटवलमा ब्यापार गर्ने उद्देश्यले रुपन्देही आएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक थापाका अनुसार मृतक पाण्डे र सुनार विगतमा अपराध गरेको अभियोगमा जेलमा सँगै बसेका व्यक्ति हुन् । जेलबाट छुटेपछि पैसाको लोभमा सुनारले पाण्डेलाई ढुंगाले हानेर मारेको पाइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Kaski

0 Comments

Related Reports