Incident Reports

विप्लव नेतृत्वको नेकपाका सल्यान जिल्ला सदस्य गिरफ्तार

2019-04-02

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य दाङको तुल्सीपुर उपमनपा–८ दुधेनका ४३ वर्षीय नारायण ओलीलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

हाल सल्यानको कपुरकोटमा बस्दै आएका ओलीलाई चैत १९ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

प्रहरी हिरासतमा रहेका ओलीविरूद्ध सार्वजनिक हित, सुरक्षा र नैतिकता विरूद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।


मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments