Incident Reports

डाक्टरमाथि हातपात गरेको आरोपमा चार जना गिरफ्तार

2019-04-06

मादक पदार्थ सेवन गरी कोशी अञ्चल अस्पतालका डाक्टरलाई हातपात गरेको आरोपमा चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

अस्पतालका आस्कमिक सेवामा कार्यरत ३५ वर्षीय डक्टर सुनिलबाबु खनाललाई चैत २३ गते हातपात गरेको आरोपमा चैत २४ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मनोज केसीले बताए । हातपात गर्ने समूहले डक्टरलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको एसपी केसीको भनाइ छ ।

‘हातमा घाउ भयो’ भन्दै अस्पताल पुगेका आरोपितहरुले डाक्टरमाथि हातपात गरेका थिए । प्रहरीले जहदा गाँउपालिका- ३ का ३० वर्षीय विनोद राय,सोही ठाउँका २१ वर्षीय उमेश राय, २५ वर्षीय जागवत सहनी र २५ वर्षीय प्रमोद रायलाई गिरफ्तार गरिएको एसपी केसीले बताए ।

इन्दिरा भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
INSEC

0 Comments

Related Reports