Incident Reports

राप्रपा महामन्त्री तथा संघीय सांसद लिङ्देनलाई ज्यान मार्ने धम्की

2019-04-09

Bagmati, Kathmandu, Kathmandu

काठमाण्डाै - राप्रपाका महामन्त्री एवं संघीय संसदका सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्ने धम्की आएकाे छ ।

फिराैती माग गर्दै लिङ्देनलाई ज्यान मार्ने धम्की आएको घटनालाई राप्रपाले अत्यन्तै गम्भीरतापूर्वक लिएको बताएकाे छ ।

राप्रपाका सह-प्रवक्ता र प्रचार विभाग प्रमुख माेहन श्रेष्ठद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा आपराधिक कार्यमा संलग्नहरुले योजनाबद्ध ढंगबाट श्रृङखलागत रुपले सतर्कतापूर्वक धम्की दिइरहेको घटनाको सन्दर्भ पैसासँग मात्रै सम्बन्धित नरहेर राजनीतिक वा अन्य कारण पनि हुन सक्ने बताइएकाे छ । 

यस घटनाको मिहीन ढंगबाट छानबिन गरी पक्राउ परेका व्यक्तिबाट सत्यको उजागर गर्न, वास्तविक दोषी पत्ता लगाउन घटनाको जरासम्मै पुगेर अनुसन्धान गर्ने कार्यलाई निरन्तरता दिन र दोषीलाई कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकारसँग राप्रपाले माग गरेकाे छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) RPP
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Jhapa

0 Comments

Related Reports