Incident Reports

वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा चारजना पक्राउ

2019-03-27

Madhes, Parsa, Jirabhawani, Ward 5

वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले चारजनालाई पक्राउ गरेको छ ।गएराति ९ बजे प्रहरीले जीराभवानी गाउँपालिका-५ हरैयाबाट स्थानीय लक्ष्मीराम, रामनाथ राम, रूपेश राम र इन्द्रदेव रामलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको परिवारले उनीहरूनिर्दोष रहेको भन्दै प्रहरीको रवैयाप्रति आक्रोश पोखेका छन् । । प्रहरीले पक्राउ गर्ने क्रममा श्वेतादेवी, ललितादेवी, उषादेवी र कलावतीदेवी घाइते भएको मीनादेवीले बताइन् । भारत, बिहार लक्ष्मीपुरबाट पाहुना आएका मुन्ना राम र बन्दु रामलगायतलाई विनाकारण घिसार्दै लैजाने क्रममा स्थानीयले अवरोध गर्दा प्रहरीले महिलामाथि कुटपिट र दुर्व्यवहार गरेको स्थानीयको भनाइ छ।

यसबारे प्रनि आशीष अधिकारीले महिलामाथि दुर्व्यवहार र कुटपिट नगरेको प्रतिक्रिया दिएका छन् । उनले जीराभवानी गापा-४ का वडाध्यक्ष सुभाषराउत थारूमाथि आक्रमण गरी  घाइते बनाएको आरोपमा चारजनालाई पक्राउ गरेको बताए । पक्राउ परेका चारजनामाथि जिल्ला प्रहरी कार्यालय, पर्सामा आज ज्यान मार्ने मुद्दा दर्ता हुने प्रनि अधिकारीले बताए। ( चैत ७ गते होलीका दिन जीराभवानी गापा-४ का वडाध्यक्ष राउतका छोरा शशिकान्त राउत र हरैयाका स्थानीयबीच विवाद भएको थियो । सो विवाद मिलाउन वडाध्यक्षा राउत घटनास्थल पुग्दा शशिकान्त र स्थानीयबीच कुटपिट भएको र स्थानीयले चलाएको लाठीले वडाध्यक्ष राउतको टाउको फुटेको बताइन्छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 1
Local Newspaper - Parsa

0 Comments

Related Reports