Incident Reports

चिर्पट प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ

2019-04-10

Madhes, Siraha, Golbazar, Ward 11

चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ ।सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको हो । टाउकोमा चिर्पट प्रहार गर्दा घाइते भएका रामअवतारको उपचारका क्रममा हिजो विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो । घटना अनुसन्धानबाट रामअवतारको हत्यामा गोविन्द संलग्न भएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । पक्राउ परेका सदालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको र सदामाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक खरेलले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments

Related Reports