Incident Reports

मामाले खुर्पा प्रहार गर्दा भाञ्जा गम्भीर घाइते

2019-04-14

Gandaki, Gorkha, Gorkha, Ward 7

गोरखा– मामाले खुर्पा प्रहार गर्दा गोरखा नगरपालिका ७ मा भाञ्जा गम्भीर घाइते भएका छन्। लागू पदार्थको नशामा रहेका ५० वर्षीय मामा वुद्धवीर नेपालीले खुर्पा प्रहार गर्दा भाञ्जा सुनील रम्तेल गम्भीर घाइते भएका हुन्।

काभ्रे घर भएका सुनील केही दिनअघि मामाघर गएका थिए। छिमेकी ममालाई भेट्न गएको समयमा एक्कासी खुर्पा झिकेर हिर्काएको घाइतेले प्रहरीसँग बताएका छन्। नेपालीले खुर्पाले हिर्काएर घरको मूल ढोकामा ताला लगाएका हिँडेका थिए। आफैँ जिल्ला प्रहरी कार्यालयमा पुगेर नेपालीले भाञ्जालाई गाउँलेहरुले कुटपिट गरेको प्रहरीलाई बताएका थिए। 

गम्भीर घाइते रम्तेलको गोरखा अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ। उनको घाँटी र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। स्थानीयले घरभित्र चिच्याइरहेको बालकको आवाज सुनेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिमबहादुर खत्रीले बताए।

खुर्पा प्रहार गर्ने नेपाली प्रहरी नियन्त्रणमा छन्। उनको श्रीमती लामो समयदेखि माइतमा बस्दै आएकी छिन्। उनी घरमा एक्लै बस्दै आएका थिए। उनले भने आफूलाई कुटपिट गरेका कारण खुर्पा प्रहार गरेको प्रहरीलाई बताएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Kaski

0 Comments

Related Reports