Incident Reports

पाल्पामा गाउँपालिका भवनमा बम विस्फोट

2019-04-18

Lumbini, Palpa, Ribdikot

रिब्दीकोट गाँउपालिकाको भवनमा बम विस्फोट भएको छ । बिहीबार बिहान करिब २ बजे तिर भएको विस्फोटबाट कार्यालयमा क्षति पुगेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिनुभयो ।

कार्यालयको झ्यालढोका, छानो, कम्प्युटर, फोटोकपी मेशिनलगायतका सामग्रीमा क्षति पुगेको अध्यक्ष जिसीले बताउनुभयो ।

कार्यालयमा टायर बम विस्फोट भएको र घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बिहीबार विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेकाले त्यही समूहले बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बम विस्फोटपछि स्थानीय त्रसित बनेका छन् ।
 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Secondary Form Strike/Bandh
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments