Incident Reports

विप्लवका जिल्ला प्रमुख र विद्यार्थी नेता पक्राउ

2019-04-22

 । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका गोरखा जनपरिषद प्रमुख बिष्णु रिजाल पक्राउ परेका छन् । ६५ बर्षका रिजाललाई सोमबार गण्डकी गाउँपालिका–७ घ्याल्चोकस्थित आफ्नै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘गत माघ महिनादेखि घरमा रहेनछन्, दुई/तीन दिन अघि घर आएको सूचना पायौ अनि त्यही गएर आज समातेका हौ,’ जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले भने । रिजाललाई राजद्रोह अन्तरगत मुद्धा दर्ता हुने उनले बताए ।

प्रहरीले नेकपा सम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डेलाइ पनि पक्राउ गरेको छ । भिमसेन थापा गाउँपालिका–६ अश्राङ स्थित आफ्नै निवासबाट पाण्डेलाइ पक्राउ गरिएको एसपी रावलले बताए ।

आइतबार पक्राउ गरेका पाण्डेलाई सोमबार धादिङ प्रहरी कार्यालयमा पठाइएको छ । ‘पाण्डे विरुद्ध धादिङमा एनसेलको टावरमा बम हानेको मुद्धा रहेछ त्यही भएर उनलाइ त्यही पठायौ,’ एसपी रावलले भने ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments