Incident Reports

विप्लवद्वारा जग्गा नियन्त्रणमा

2019-02-23

Bagmati, Chitawan, Ratnanagar, Ward 6

विप्लव नेतृत्वको नेकपाको एक मोर्चाले रत्ननगर-६ बछौलीमा १ विघा ९ कट्ठा ३ धुर जग्गा कब्जा गरेको जनाएको छ । राष्ट्रिय थारु मुक्ति मोर्चा नेपालको नेतृत्वमा जग्गा कब्जा गरिएको प्लेक्स टांगेको छ । साविक बछौली-६का राजु चौधरीको परिवारको नाममा रहेका ३ कित्ताको जग्गा भूमाफियाले हडप्न खोजेकाले जग्ग नियन्त्रणमा लिइएको जिल्ला सेक्रेटरी धुर्वले जानकारी दिए ।

नियन्त्रित सो जग्गा कुनै व्यक्ति वा समूहलाई खरिद बिक्रि र धितोमानराख्न चेतावनी दिदै सूचना टाँसेको छ । केही व्यक्ति र जग्गा विचौलियाले जग्गा हडप्न खोजेको आरोप लगाइएको छ । यसैबीच, राष्ट्रिय थारु मुक्ति मोर्चाको चितवन जिल्ला सम्मेलन भएको छ । सो अवसरमा नन्दु थारुको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन भएको छ । सो अवसरमा मोर्चाका केन्द्रीय उपाध्इक्ष बुद्धि थारु, जिल्ला सेक्रेटरी धुर्व, प्रेम, मीन, रणदीप, सिसम, बुद्धि, अञ्जना लगायतको सहभागिता रहेको जनाइएको छ । मोर्चा नेकपाको जनवर्गिय संगठन हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments