Incident Reports

जिल्ला प्रशासनमा राप्रपाको धर्ना

2019-04-08

Bagmati, Chitawan, Bharatpur

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को देशव्यापी जनसंघर्षअन्तर्गत चितवनमा पनि धर्ना कार्यक्रम सम्पन्न भएको छ । सोमबार राप्रपा चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएको हो । सर्व धर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग राख्दै धर्ना दिइएको पाटीका जिल्ला अध्यक्ष दिलीप पाण्डेले जानकारी दिए ।

राप्रपाको जनसंघर्षमा उठाइएका अन्य मागहरूमा राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने, संघीयताबारे राष्ट्रिय जनमतसंग्रह गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, बेरोजगारी समस्याको समाधान गर्नुपर्नेलगायत रहेका छन् ।

धर्ना कार्यक्रममा राप्रपाद्वारा नेपाल सरकारसमक्ष प्रस्तुत २२ बँदे माग अविलम्ब पूरागरिनुपर्नेमा जोड दिइएको पार्टीका वरिष्ठ जिल्ला उपाध्यक्ष जीवलाल पुरीले बताए । उनले राप्रपाले अघि बढाएको जनसंघर्षका कार्यक्रममा हिन्दुराष्ट्रका पक्षमा जनमत बढ्दै गएको उल्लेख गरे ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Religious sectarianism
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments