Incident Reports

नवलपरासीमा डोजरमा आगजनी

2019-04-24

Gandaki, Nawalparasi East, Binayee Tribeni, Ward 2

 बुधबार राति पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ सुनटाँडीमा ना१क ७०३९ नम्बरको डोजर  (जेसिबी)मा आगजनी भएको छ । आगजनीबाट डोजर जलेर नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी-२ सुनटाँडीमा सोनु लामालगायतको संयुक्त नाममा रहेको बिनयी बालुवा प्रशोधन केन्द्रको नाममा रहेको केन्द्रको कम्पाउण्ड भित्रै रहेको जेसिवीमा आगजनी भएको हो ।

आगलागीबाट जेसीबी पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ । आगो किन र कसले लगाइदिएको अझसम्म खुल्न नसकेको र घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Homemade/traditional firearms
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports