Incident Reports

जिल्ला समन्वय समितिको गेटमा बम भेटियो

2019-04-27

Karnali, Mugu, Chhayanath Rara

जिल्ला समन्वय समितिको मुल गेटमै बम फेला परेको छ । गमगढी बजारको बिच भागमा रहेको जिल्ला समन्वय समितिको मुल गेटम बिहान बम राखिएको सर्वसाधरणले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला समन्वय समितिको कार्यालय गेटमा बम राखेको भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त डिएस्पी लालबहादुर ऐरले जानकारी गराए ।

उक्त बम नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले वैशाख १३ गते राति राखेको हुननसक्ने उनको भनाई छ ।

ऐरका अनुसार बम डिस्पोजल गर्न रारा राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको श्रीदल गुल्मलाई जानकारी गराएको उनले बताए ।

उक्त क्षेत्र अहिले नेपाली सेना, शस्त्र प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिई आवत सर्वसाधरणको आवतजावतमा रोक लगाईएको छ ।

बिहानै बम फेला परेको स्थान सुरक्षा निकायले आफ्नो नियन्त्रणमा लिएको भएपनि रारा राष्ट्रिय निकुञ्जमा कार्यरत नेपाली सेनाको श्रीदल गुल्ममा बम डिस्पोजल गर्ने एक जना मात्र प्राविधिक रहेका र उनी पनि तालिममा जिल्ला बाहिर भएकाले बम डिस्पोजल गर्न ढिलाई भएको जनाएको छ ।

डिस्पोजल गर्नका लागी नेपाली सेनाको २४ नम्बर बाहिनी जुम्लाबाट दुई जना प्राविधिक बिहान ९ बजे  मोटरसाइकलमा हिँडेको भएपनि कच्चि सडकका कारण जुम्लाबाट मुगु पुग्न चार पाँच घण्टा लाग्ने भएकाले दिउँसो १ बजेसम्म बम डिस्पोजल गरिने नेपाली सेना श्री दल गुल्मका सेनानी रबि केसीले जानकारी दिएका छन् ।

बजारको बिच भागमा बम फेला परेकाले बजार आवतजावत गर्ने सर्वसाधरण त्रसित छन् उक्त क्षेत्रमा सर्वसाधरणलाई आवत जावतमा रोक लगाएको छ । उक्त स्थानम रहेका घरका सर्वसाधरणलाई समेत  घर बाहिर आउन जान रोक लगाएको छ ।


जीवन सेजुवाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments