Incident Reports

२१ वर्षीया महिला झुण्डिएकाे अवस्थामा मृत भेटिइन्

2019-04-28

Nepal

राजविराज : सप्तरीमा आत्महत्याका घटना बढिरहँदा हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा भुण्डिएर मृत्यु भएको अवस्थामा एक महिलाको शव भेटिएको छ ।

स्थानीय २१ वर्षीया रन्जु मुखियाको शव शनिबार फेला परेको सप्तरी प्रहरीले जनाएको छ । आफू सुत्ने कोठाको बलोमा नाइलनको डोरीको पासो लगाइ झुण्डिएर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हो ।

प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि शुक्रबार मात्रै सप्तरीको विष्णुपुर गाउँपालिका–६ रञ्जितपुर बस्ने रामकुमार यादवकी छोरी १४ वर्षीया आरतीकुमारी यादवले पनि पासो लगाएर झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

0 Comments

Related Reports