Incident Reports

विप्लव नेतृत्वको नेकपामा जिल्ला इञ्चार्ज र सेक्रेटरी गिरफ्तार

2019-05-05

Gandaki, Gorkha, Palungtar, Ward 7

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला इञ्चार्ज ४७ वर्षीय योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी ३७ वर्षीय कपिल भट्टलाई प्रहरीले वैशाख २२ गते गिरफ्तार गरेको छ ।

उनीहरूलाई पालुङटार नगरपालिका–७ च्याङलीस्थित खोलाघाटबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले बताए ।

कुमालको स्थायी घर गोरखा नगरपालिका–१२ दशकिलो हो भने भट्ट भिमसेन थापा गाउँपालिका–१ मसेलका हुन् ।

गिरफ्तार गर्ने क्रममा धकेलाधकेल हँुदा जिल्ला सेक्रेटरी भट्टको गोडा मर्किएको र हाल गोरखा अस्पतालमा उपचारका लागि लगिएको रावलले जानकारी दिए ।


हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments