Incident Reports

विप्लव नेतृत्वको नेकपाका जनसरकार प्रमुखसहित दुई जना गिरफ्तार

2019-05-08

Gandaki, Tanahun, Bhanu, Ward 2

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा बन्दिपुर गाउँपालिका–१ घर भएका सो पार्टीका जिल्ला सदस्य तथा पार्टीले गठन गरेको जिल्ला जनसरकार प्रमुख ६६ वर्षीय शिवशङ्कर अधिकारी र व्यास नपा–७ घर भएका सो पार्टीका जिल्ला सदस्य ४१ वर्षीय टेकबहादुर विश्वकर्मा रहेका छन् । 

उनीहरू दुवै जनालाई भानु नपा–२ आम्बोटेबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । 

गिरफ्तार गरिएका दुवै जनालाई राजद्रोह मुद्दा अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments