2019-05-10
Province 1, Jhapa, Mechinagar
काठमाण्डाै – भारतको बाटो हुँदै तेस्रो मुलुक अवैध रुपमा लैजाने क्रममा २३ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ ।
भारतको मिजोरमस्थित, मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा काँकरभिट्टासम्म ल्याई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व र समन्वयमा बिहीबार काँकरभिट्टास्थित माइती नेपालको सेन्टरमा मनोसामाजिक परामर्श र अनुसन्धानका लागि राखिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
उद्दार गरिएका महिला २० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरु झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाण्डाैलगायत जिल्लाका रहेका छन् । मन्त्रालयका कर्मचारी नेतृत्वको टोली तथा मानव बेचबिखन र अनुसन्धान ब्यूरोले यो घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD