Incident Reports

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष गिरफ्तार

2019-05-09

Lumbini, Palpa, Bagnaskali

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष बगनासकाली गाउँपालिका–५ का २९ वर्षीय मुक्ति गैरेलाई प्रहरीले वैशाख २६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गैरेलाई तानसेनको बसन्तपुरबाट गिरफ्तार गरेको एसपी विश्वमणी पोखरेलले बताए ।

गिरफ्तार परेका गैरे नेपाल कम्युनिष्ट पार्टीको सचिवलय सदस्य समेत रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।


यज्ञमूर्ति तिमिल्सिना

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments