Incident Reports

प्रहरीद्वारा एमाले कार्यकर्ता कुटिएl

2013-11-18

Lumbini, Rolpa, Runtigadi

Dharendra Dangi रोल्पा । ०७० मङ्सिर ३ गते डुब्रिन गाविस-१ निवासी एमाले कार्यकर्ता २५ वर्षीय कूलबहादुर बुढालाई मङ्सिर २ गते राति इलाका प्रहरी कार्यालय होलरीका प्रहरीले कुटपिट गरेका छन् । एमालेको डुब्रिन गाविसस्थित सम्पर्क कार्यालयका सहयोगी बुढा डुब्रिन बजारमा अवस्थित जलजला होटलमा सुतिरहेको अवस्थामा राति करिब १ बजे इलाका प्रहरी कार्यालय होलरीमा कार्यरत प्रहरी जवान हुर्मत अधिकारी लगायतको समूहमा आएका प्रहरीको टोलीले कुटेको एमाले रोल्पाले जनाएको छ । घाइतेको आँखा, मुख, चोट लागेको छ भने छाति, ढाड लगायत शरीरका विभिन्न स्थानमा निलडाम रहेका छन् । घाइतेको प्राथमिक उपचार होलरी प्राथमिक केन्द्रमा भयो भने थप उपचार दाङस्थित घोराही अस्पतालमा भइरहेको एमाले रोल्पाले जनाएको छ । प्रहरीले पाइप र लाठ्ठीले कुटेको घाइतेले जनाएका छन् । प्रहरीबाट गल्ती भएको स्वीकार गर्दै घटनामा संलग्न प्रहरी जवान हुर्मत अधिकारीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ओम रानाका अनुसार बुढाले जाडरक्सी खाई एमाओवादीको घरमा ढुङ्गा प्रहार गर्न गएको र प्रहरीले पक्राउ गर्न जाँदा उक्त घटना भएको प्रतिकृया दिए । एमालेका क्षेत्र नम्बर २ का सभाषद कुमार दशौतीका अनुसार एमाओवादी र वाईसीएलले रोल्पामा एमाले कुटने अभियान चलाएको र उक्त अभियानमा प्रहरीले सहयोग गरेको प्रतिकृया दिए ।

0 Comments

Related Reports
Related Trend Analysis